मन्त्रिपरिषद् विस्तार : गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त, शपथ आजै

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले दुई मन्त्री नियुक्त गरेका छन्। उद्योग मन्त्रालयमा गौरी कुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रामजी यादवलाई नियुक्त गरिएको हो।

गौरी कुमारी यादव महोत्तरी–४ बाट निर्वाचित सांसद हुन् भने रामजी यादव सप्तरी–२ बाट निर्वाचित भएका हुन्। उनले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पराजित गरेका थिए।

दुवै मन्त्रीले आजै राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

यसअघि पदीय मर्यादाको दुरुपयोग गरेको आरोपमा प्रधानमन्त्री शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए।

उद्योग मन्त्रालय सरकार गठन भएदेखि नै प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए। यसका साथै उनले रक्षा मन्त्रालय पनि आफैं सम्हालिरहेका छन्।

प्रतिक्रिया

ताजा समाचार