
काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई आज परिवारको जिम्मा लगाउँदै रिहा गरेको हो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले लम्साल रिहा भएको पुष्टि गरेका छन्। उनलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पाँच दिनअघि पक्राउ गरिएको थियो।
यसैबीच, अमेरिकामा बस्दै आएकी संगम बिष्टले लम्सालमाथि गम्भीर आरोप लगाउँदै त्यहाँ मुद्दा दायर गरेको बताइएको छ। उक्त विषयमा सम्बन्धित निकायमार्फत थप अनुसन्धान भइरहेको जनाइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित