
काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको बैठक सिंहदरबारमा जारी छ।
कार्यदलका संयोजक, प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा बैठक बसिरहेको हो। बैठकमा यसअघि उठाइएका विषयहरू तथा विभिन्न राजनीतिक दलबाट प्राप्त लिखित धारणा संकलन गरी छलफल भइरहेको बताइएको छ।
बैठकले संविधान संशोधनका प्रमुख मुद्दाहरू पहिचान गर्नुका साथै कार्यदलको आगामी कार्ययोजना तय गर्ने तयारी गरेको छ।
कार्यदलमा विभिन्न दलका प्रतिनिधिहरू समावेश छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधिवक्ता मोहनलाल आचार्य, नेपाली कांग्रेसबाट मोहन आचार्य, नेकपा (एमाले) बाट संविधानसभा सदस्य तथा डा. भीष्मनाथ अधिकारी, नेकपा तर्फबाट संविधानसभा सदस्य एवं पूर्व कानुनमन्त्री देव गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही तथा राष्ट्रिय जनमोर्चाबाट महासचिव मनोज भट्ट सदस्यका रूपमा रहेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित