इस्लामावाद वार्ता निष्कर्षविहीन, सम्झौता नगरी फर्कियो अमेरिकी टोली

इस्लामावाद । इरानसँग वार्ताका लागि इस्लामावाद पुगेको अमेरिकी प्रतिनिधिमण्डल कुनै पनि सम्झौता नगरी स्वदेश फर्किएको छ।

अमेरिकी उपराष्ट्रपति JD Vance नेतृत्वको टोली वार्ता असफल भएपछि फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। टोली अब्बास नगरस्थित होटल सेरेनामै पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै वार्तामा सहमति नजुटेको पुष्टि गरेको हो।

उप राष्ट्रपति भान्सले इरान अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार नभएको बताएका छन्। उनले आफूहरूले स्पष्ट सर्त राखेको र केही विषयमा लचकता देखाए पनि इरानी पक्षले ती स्वीकार नगरेको दाबी गरे। तर कुन–कुन सर्त अस्वीकार भए भन्ने उनले खुलाएनन्।

‘हामीले आफ्ना रेड लाइन स्पष्ट रूपमा राख्यौं, केमा लचिलो हुन सक्छौं भन्ने पनि भन्यौं, तर उनीहरूले स्वीकार गरेनन्,’ उनले भने।

वार्तालाई पूर्ण रूपमा असफल भने नगरे पनि उनले यसलाई अन्तिम र सबैभन्दा राम्रो प्रस्तावका रूपमा प्रस्तुत गर्दै अब निर्णय इरानको हातमा रहेको बताए।

वार्तामा अमेरिकी राष्ट्रपति Donald Trump सँग निरन्तर सम्पर्कमा रहेको बताइएको छ। प्रतिनिधिमण्डलमा Steve Witkoff र Jared Kushner सहभागी थिए।

इरानी पक्षबाट Mohammad Bagher Ghalibaf र विदेशमन्त्री Abbas Araghchi वार्तामा सहभागी भएका थिए।

प्रतिक्रिया

ताजा समाचार