युएईविरुद्ध दोस्रो टी–२०आईमा नेपालले पहिला बलिङ गर्ने

काठमाडौं । युएईविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन्।

पहिलो खेलमा ६ विकेटले पराजित भएको नेपाल यो खेल जित्दै सिरिज बराबरी गर्ने लक्ष्यमा छ। यता, यूएई भने लगातार दोस्रो जित निकाल्दै सिरिज क्लिन स्वीप गर्ने रणनीतिमा रहेको छ।

नेपालले पहिलो खेलको प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ। अर्जुन साउद, सन्दीप जोरा, शेर मल्ल र बसिर अहमद बाहिरिँदा सन्तोष यादव, आरिफ शेख, लोकेश बम र शाहब आलमले अवसर पाएका छन्।

सन्तोष यादवले यस खेलमार्फत टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गर्न लागेका छन्।

प्रतिक्रिया

ताजा समाचार