
काठमाडौं। सुकुम्वासी बस्ती खाली गराउने सरकारी निर्णयविरुद्ध काठमाडौंको थापाथलीमा चर्को नाराबाजीसहित प्रदर्शन भइरहेको छ। शुक्रबार प्रदर्शनकारीहरूले आफूहरूलाई न्याय दिनुपर्ने लगायतका माग राख्दै सरकारविरुद्ध विरोध जनाएका हुन्।
प्रदर्शनका क्रममा उनीहरूले “सुकुम्वासी आवासको हक सुनिश्चित गर”, “डोजर आतंक बन्द गर”, “यस्तो सरकार चाहिँदैन”, “हामीलाई न्याय दे” जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरूले निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुकुम्वासी बस्तीमा डोजर चलाए आफू नै छाती थाप्न जाने आश्वासन दिएको स्मरण गराउँदै उनलाई आफ्नो बस्तीमा आउन आग्रह गरेका छन्।
प्रदर्शनमा प्रधानमन्त्री बालेन्द्र साहप्रति समेत आक्रोश व्यक्त गरिएको छ। सरकारविरुद्धको उक्त प्रदर्शनमा जेन–जी अभियन्ताहरूको पनि सहभागिता रहेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित