सुकुमबासी मोर्चाको ४ बुँदे माग: उठीबास सूचना फिर्ता लिन रविलाई आग्रह

काठमाडौं। संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले ४ बुँदे मागसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ध्यानाकर्षण गराएको छ।

मोर्चाका महासचिव अर्जुन कुँवरले भूमिहीन तथा सुकुमबासी बस्तीलाई जबरजस्ती विस्थापन गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल हस्तक्षेप गर्न आग्रह गरेका हुन्।

मोर्चाले आफ्ना मागहरूमा जबरजस्ती उठीबासको सूचना तुरुन्त फिर्ता लिनुपर्ने, राष्ट्रिय भूमि समस्या समाधान आयोगको कार्य प्रक्रिया तत्काल अघि बढाई त्रुटिपूर्ण प्रमाणीकरण तथा व्यवस्थापन सच्याउनुपर्ने, सरकारको १०० दिने कार्यसूचीको ९१ नम्बर बुँदाअनुसार प्रक्रिया अवलम्बन गर्नुपर्ने र भूमि तथा आवासको अधिकारलाई नागरिकको संवैधानिक अधिकारका रूपमा सुनिश्चित गर्नुपर्ने उल्लेख गरेको छ।

यसैबीच, प्रधानमन्त्री बालेन शाहको निर्देशनमा भोलिदेखि सुकुमबासी बस्तीमा डोजर चलाउने तयारी भइरहेको भन्दै मोर्चाले चिन्ता व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार