थापाथली बस्ती हटाउने तयारीविरुद्ध सुकुमबासीद्वारा रास्वपा कार्यालय घेराउ

काठमाडौं। सरकारले भोलि थापाथलीस्थित सुकुमबासी बस्ती हटाउने तयारी गरेपछि सुकुमबासीहरू सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका छन्।

बस्तीमा डोजर चलाउन नदिन माग गर्दै सुकुमबासीहरू वनस्थलीस्थित घण्टीघर पुगेका हुन्। रास्वपाको केन्द्रीय कार्यालयमा उनीहरू पुग्नुअघि नै सुरक्षा व्यवस्था कडा पारिएको थियो। पार्टी कार्यालय अगाडि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रधानमन्त्री बालेन शाहको निर्देशनमा भोलि बिहानैदेखि थापाथलीको सुकुमबासी बस्ती हटाउने तयारी गरिएको छ। सरकारको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै सुकुमबासीहरू आन्दोलनमा उत्रिएका छन्।

यसैबीच, संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले ४ बुँदे मागसहित रास्वपा सभापति रवि लामिछानेलाई ज्ञापनपत्र पनि बुझाएको छ।

प्रतिक्रिया

ताजा समाचार