सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

काठमाडौं । सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष तथा एमाले नेता नारायण परियार (परिश्रमी) बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्।

उनीविरुद्ध दर्ता भएको जाहेरीमाथि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

यसैबीच, सरकारले बागमती किनारामा बसोबास गर्ने सुकुमबासीलाई शुक्रबार बेलुकीसम्म स्थान खाली गर्न अनुरोध गरेपछि सुकुमबासी अगुवाहरू आन्दोलनको तयारीमा छन्। तर, परिश्रमीको पक्राउ उक्त विषयसँग सम्बन्धित नभएको एसपी भट्टराईले स्पष्ट पारेका छन्।

प्रतिक्रिया

ताजा समाचार