
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल र यूएईबीच प्रतिस्पर्धा भइरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले यूएईलाई २०१ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ४८.२ ओभरमा २०० रनमा अलआउट भयो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ७६ रन बनाए। दबाबपूर्ण अवस्थामा उनले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक लक्ष्यसम्म पुर्याए। ९० बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।
त्यस्तै, कुशल भुर्तेलले २४, करण केसीले २२, आरिफ शेख र सोमपाल कामीले १५–१५ रन जोड्दा भीम सार्कीले १० रन बनाए। आसिफ शेख ७ तथा कप्तान रोहित पौडेल २ रनमा आउट भए।
बलिङतर्फ यूएईका जुनैद सिद्धिकी र अजय कुमारले तीन–तीन विकेट लिए। खुजैमा तनवीरले २ विकेट लिँदा हैदर अली र मुहम्मद शहजादले समान १–१ विकेट लिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित