माइतीघरमा महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच भिडन्त

काठमाडौं । माइतीघर मण्डलामा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र प्रदर्शनकारी शोभा पाठकबीच झडप भएको छ। घटनापछि प्रहरीले अम्बिका बस्नेतसहित केही महिलालाई नियन्त्रणमा लिएको छ।

दिउँसो करिब १२ बजेतिर भएको उक्त घटनामा शोभा पाठक, रस्मिला धामीलगायतका युवतीहरू माइतीघरमा पूर्व गृहमन्त्री सुधन गुरुङको पुनर्वहालीको माग गर्दै धर्नामा बसेका थिए। सोही क्रममा अम्बिका बस्नेत समूहसहित त्यहाँ पुगेपछि दुई पक्षबीच विवाद चर्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

विवाद चर्किंदै जाँदा दुवै पक्षबीच हात हालाहालको स्थिति सिर्जना भएको थियो। पछि प्रहरी हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिएको र संलग्न केही महिलालाई नियन्त्रणमा लिएको हो।

शोभा पाठक केही दिनअघि महेश बस्नेतमाथि कारबाहीको माग गर्दै अनशनमा बसेकी थिइन्। तत्कालीन गृहमन्त्री सुधन गुरुङले उनलाई भेटेपछि उनले अनशन तोडेकी थिइन्। गुरुङले राजीनामा दिएपछि भने पाठकले उनको पुनर्वहालीको माग गर्दै पुनः आन्दोलन जारी राखेकी छन्।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

ताजा समाचार