
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई पक्राउ गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले आज निजलाई बिमासम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि कागेश्वरी मनोहरा क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले नेपाल बिमा प्राधिकरणले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संलग्नतामा बिमासम्बन्धी ऐनको दफा, १४० को उपदफा (१) को खण्ड (६) सम्बन्धी कसुर गरेको भन्ने उल्लेख गरेकाले अनुसन्धानका लागि अध्यक्ष श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित