
काठमाडौं । अनामनगरस्थित धोविखोला करिडोरमा रहेको साततले भवनमा डोजर चलाइएको छ। सरकारी जमिन अतिक्रमण भएको आरोपमा उक्त भवनमा डोजर प्रयोग गरिएको हो।
घरधनी इन्द्र चाम्लिङले भने आफ्नो जग्गाको लालपुर्जा भएको र नक्सापास गरेरै घर निर्माण गरिएको बताएका छन्। उनले लालपुर्जा, नक्सापास लगायतका सबै कागजात घरबाहिर टाँसेर आफ्नो दाबी प्रस्तुत गरेका थिए। साथै, उच्च अदालतले उक्त जग्गा सरकारी नभएको भनी आदेश दिएको पनि उनको भनाइ छ।
तर, यी सबै दाबीका बाबजुद अहिले भवनमा डोजर चलाइएको छ। डोजर प्रयोग गर्नुअघि सुरक्षाकर्मीले घरभित्र रहेका सामान बाहिर निकालेका थिए। उक्त कार्यमा दुईवटा डोजर प्रयोग गरिएको जनाइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित