दलित सङ्घका अध्यक्ष विश्वकर्माद्वारा राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष लोकबहादुर विश्वकर्माले राजीनामा दिनुभएको छ । अध्यक्ष विश्वकर्माले आज कांग्रेस सभापति गगनकुमार थापालाई राजीनामा बुझाउनुभएको हो ।

उहाँले आफ्नो पारिवारिक र शारिरिक समस्याका कारण पदमा रहेर जिम्मेवारी पूरा गर्न असमर्थ रहेकाले राजीनामा दिनुपरेको र सङ्घका अन्य गतिविधिमा भने सधैँ क्रियाशील रहने बताउनुभयो ।

विश्वकर्मालाई कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाले विसं २०८० असोज १३ गते केन्द्रीय अध्यक्षमा नियुक्त गर्नुभएको थियो ।

केही दिन अघि नेपाल तरूण दलका अध्यक्ष विद्धान गुरुङले पनि राजीनामा बुझाउनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार