
काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
महासंघको विधानअनुसार नयाँ कार्यसमिति चयन गर्न मतदान कार्य अघि बढाइएको हो। विद्यमान व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ। सोही प्रावधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ आगामी कार्यकालका लागि अध्यक्ष बन्ने निश्चित भएको छ।
अध्यक्ष पद स्वतः सुनिश्चित भए पनि अन्य पदाधिकारीका लागि कडा प्रतिस्पर्धा देखिएको छ। निर्वाचनमा मुख्य रूपमा दुई प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ। वरिष्ठ उपाध्यक्षसहित अन्य कार्यकारी पदहरूमा आफ्नो प्यानलको वर्चस्व स्थापित गर्न दुवै समूहका उम्मेदवारहरू सक्रिय रूपमा चुनावी मैदानमा उत्रिएका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित