क्यानले हरेक वर्ष डिसेम्बरमा क्रिकेट अवार्ड आयोजना गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हरेक वर्ष क्रिकेट अवार्ड आयोजना गर्ने निर्णय गरेको छ ।

विराटनगरमा आज बसेको क्यानको वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।

क्यानद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अब प्रत्येक वर्ष डिसेम्बर महिनामा क्रिकेट अवार्ड कार्यक्रम आयोजना गरिनेछ ।

अवार्डअन्तर्गत सर्वोत्कृष्ट पुरुष खेलाडी, सर्वोत्कृष्ट महिला खेलाडी, सर्वोत्कृष्ट युवा पुरुष खेलाडी, सर्वोत्कृष्ट युवा महिला खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड तथा ‘मोमेन्ट अफ द इयर’ अवार्ड प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार