
काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डविरुद्ध दबाब बढाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको स्कटल्यान्डले २५ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै १२८ रन बनाएको छ।
नेपालका लागि चारै विकेट सन्दीप लामिछानेले लिएका हुन्।
सन्दीपले ओपनर जर्ज मुन्सेलाई ७५ रनमा आउट गराए। उनले दीपेन्द्रसिंह ऐरीमार्फत क्याच आउट गराउँदै स्कटल्यान्डलाई ठूलो झट्का दिएका हुन्। ६२ बल खेलेका जर्जले १२ चौका र २ छक्का प्रहार गरेका थिए। उनी २०.३ ओभरमा पेभेलियन फर्किए।
त्यसपछि सोही ओभरको अन्तिम बलमा अर्का ओपनर फिन्ले म्याकक्रेथ ३५ रन बनाउँदै एलबीडब्लु आउट भए।
ब्रान्डोन म्यकमुलेन ७ रनमा सन्दीपको बलमा बोल्ड भए भने कप्तान रिची बेरिङ्टन ५ रनमा एलबीडब्लु धरापमा परे।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित