संस्थापन–इतर द्वन्द्व चुलिँदा कांग्रेसमा आन्तरिक तनाव

काठमाडौं । नेपाली कांग्रेसभित्र संस्थापन र इतर समूहबीचको विवाद चुलिँदै गएको छ । विशेष महाधिवेशनपछि पार्टी नेतृत्व र शक्ति सन्तुलनमा देखिएको असन्तुष्टिले आन्तरिक ध्रुवीकरण अझ गहिरिँदै गएको हो ।

विशेष महाधिवेशनमार्फत सभापति गगन थापा नेतृत्वमा आएको संस्थापन पक्षले इतर समूहलाई कमजोर पार्ने रणनीति लिएको आरोप लगाइएको छ । हालै केन्द्रीय कार्यसमितिमा गरिएको १९ सदस्यीय मनोनयनलाई पनि यही रणनीतिको हिस्सा मानिएको छ ।

इतर समूहका नेताहरूले भने संस्थापनले कुनै परामर्श नगरी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् । पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला निकट नेताहरूले मनोनयनले पार्टी एकतामा ठेस पुगेको प्रतिक्रिया दिएका छन् ।

इतर समूहले प्रदेशस्तरीय भेला गर्दै आफ्नै रणनीति अघि बढाइरहेको छ भने संस्थापन पक्षले सबैलाई समेटेर १५औं महाधिवेशन गराउने तयारी गरिरहेको जनाएको छ ।

अदालतको निर्णयपछि पनि कांग्रेसभित्र राजनीतिक विवाद भने अझै कायम रहेको देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार