
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शनिबार अमेरिकाविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।
यसअघि स्कटल्यान्डविरुद्ध खेलेको टोलीमा नेपालले तीन परिवर्तन गरेको छ। मुख्य प्रशिक्षक स्टुआर्ट लले विनोद भण्डारी, अर्जुन कुमाल र करण केसीलाई बेन्चमा राखेका छन्।
उनीहरूको स्थानमा इशान पाण्डे, कुशल भुर्तेल र सोमपाल कामी प्लेइङ–११ मा परेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित