“पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियानलाई होटल व्यवसायीको साथ

पोखरा । होटल व्यवसायी महासंघ नेपाल ले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सञ्चालन भइरहेको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियानप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने को संयोजन तथा पृथ्वी होटल व्यवसायी समिति पोखरा को पहलमा उक्त अभियान सञ्चालन भइरहेको हो।

महासंघले मध्यपहाडी लोकमार्ग केन्द्रित यस अभियानले ओझेलमा परेका पर्यटकीय गन्तव्य, स्थानीय संस्कृति, मौलिक खानपान तथा साना–मझौला होटल व्यवसायलाई राष्ट्रिय पर्यटन प्रवर्द्धनसँग जोड्ने विश्वास व्यक्त गरेको छ। साथै निजी क्षेत्र, स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित सरोकारवालाबीच सहकार्य अभिवृद्धि गर्दै आन्तरिक पर्यटनलाई चलायमान बनाउने यस्तो प्रयासले समग्र पर्यटन अर्थतन्त्रमा सकारात्मक ऊर्जा थप्ने महासंघको भनाइ छ।

महासंघका अनुसार पर्यटन केवल गन्तव्यको प्रचारमा सीमित विषय नभई स्थानीय रोजगारी, उत्पादन, संस्कृति तथा आतिथ्यता व्यवसायको संरक्षण र प्रवर्द्धनसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र हो।

महासंघले नेपाल पर्यटन बोर्ड बाट यस्ता सिर्जनात्मक तथा परिणाममुखी अभियानहरूको निरन्तरताको अपेक्षा गर्दै सम्पूर्ण होटल तथा पर्यटन व्यवसायीहरूको साथ, सहकार्य र समर्थन रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार