स्कटल्यान्डविरुद्ध नेपाललाई सुरुआती झट्का, दुवै ओपनर आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले दुवै ओपनर गुमाएको छ।

१९५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेपालले सुरुआतमै दुई महत्वपूर्ण विकेट गुमाएको हो। आक्रामक रूपमा खेलिरहेका ओपनर आसिफ शेख रनआउट भएका छन्।

१७ बल सामना गरेका उनले ३ चौका र २ छक्काको मद्दतमा २९ रन बनाए। अर्का ओपनर कुशल भुर्तेल सँग तालमेल नमिल्दा उनी रनआउट हुन पुगेका हुन्।

यस्तै, भुर्तेल पनि २७ बलमा २८ रन बनाएर पभेलियन फर्किएका छन्।

ताजा अवस्थामा नेपालले ८ ओभरमा २ विकेट गुमाएर ५९ रन बनाएको छ। हाल क्रिजमा ईशान पाण्डे र रोहित पौडेल रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार