
काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्मा माथिको संसदीय सुनुवाइ आजबाट सुरु हुँदैछ । त्यसका लागि आज बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।
विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने बैठकमा डा. शर्माविरुद्ध परेका उजुरी खोल्ने तथा सुनुवाइसम्बन्धी कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको समितिकी उपसचिव सावित्रा शर्माले जानकारी दिनुभयो । स्रोतका अनुसार उहाँविरुद्ध सात वटा उजुरी परेका छन् ।
गत २४ वैशाखमा बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने कानुनी व्यवस्था छ ।
तर वरियता मिचेर प्रधानन्यायाधीशमा सिफारिस गरिएको भन्दै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित सर्वोच्च अदालतका केही न्यायाधीश तथा कानुन व्यवसायीहरूले विरोध जनाएका छन् ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित