प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माकाे नाम संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदित

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ।

मंगलबार बसेको समितिको बैठकले शर्मासँग सुनुवाइ गरेको थियो। सुनुवाइ सम्पन्न भएपछि समितिले उनको नाम अनुमोदन गरेको हो।

शर्माविरुद्ध समितिमा १६ वटा उजुरी परेका थिए। सुनुवाइका क्रममा उनले आफूमाथि परेका उजुरी तथा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए।

समितिबाट अनुमोदन भएसँगै शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त हुने बाटो खुलेको छ।

प्रतिक्रिया

ताजा समाचार