संसद अवरोधबारे सभामुख र प्रधानमन्त्रीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्याल बीच संसदको अवरोध खुलाउने विषयमा छलफल भएको छ ।

सभामुख अर्याल प्रधानमन्त्री शाहलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए ।

विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने माग राख्दै लगातार सदन अवरोध गर्दै आएका छन् ।

आज पनि बैठक अवरोध भएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गर्दै प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

सभामुखसँगको छलफलपछि पनि प्रधानमन्त्री शाह आजै संसदमा उपस्थित हुने सम्भावना कम रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार