गुण्डुमा एमाले सचिवालय बैठक शुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा केहीबेरअघि बैठक सुरु भएको हो।

पार्टी नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन बैठक बोलाइएको एमालेले जनाएको छ। गत जेठ ५ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको कार्यविभाजनसम्बन्धी प्रस्तावमाथि छलफल गर्दै आज त्यसलाई टुंगो लगाउने तयारी गरिएको छ।

बैठकबाट पारित कार्यविभाजन अन्तरपार्टी निर्देशन (अपानि) मार्फत मातहतका कमिटी तथा सम्बन्धित नेताहरूलाई पठाइने जनाइएको छ। ११औँ महाधिवेशनपछि यसअघि नेताहरूको अस्थायी कार्यविभाजन मात्र गरिएको थियो।

आगामी स्थानीय तह निर्वाचनलाई मुख्य लक्ष्य बनाएर एमालेले यसपटक नेताहरूलाई नयाँ ढंगले जिम्मेवारी बाँडफाँट गर्न लागेको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार