कृत्रिम व्यवसाय खडा गरी कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी फाउण्डेशनका सञ्चालक पक्राउ

काठमाडौँ । कृत्रिम व्यवसाय खडा गरी पटकपटक कर्जा दुरूपयोग गरेको कसुरमा राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष तथा इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनेरी साइन्सेसका सञ्चालक ओमप्रसाद पाण्डेलाई पक्राउ गरिएको छ ।

काठमाडौँ महानगरपालिका–९ रातोपुलका पाण्डेलाई आज पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेजबाट पक्राउ गरेको हो ।

बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उनीविरुद्ध उच्च अदालत पाटन ललितपुरबाट २०८२ मङ्सिर २८ गते पक्राउ पूर्जी जारी भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार