दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जनाविरुद्ध विशेष अदालतमा मनी लाउण्डरिङ मुद्दा दर्ता

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ।

यस मुद्दामा ३४ जना व्यक्ति र पाँच कम्पनीलाई प्रतिवादी बनाइएको छ। आज विशेष अदालतमा दायर गरिएको मुद्दामा विभिन्न व्यक्तिविरुद्ध अर्बौं रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।

मुद्दाअनुसार प्रतिवादी दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ। यस्तै, शुलभ अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बराबरको बिगो मागदाबी गरिएको छ।

त्यसैगरी, शेखर गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।

अख्तियार पक्षले प्रतिवादीहरूले अवैध रूपमा आर्जित सम्पत्तिको स्रोत खुलाउन नसकेको तथा आर्थिक कारोबारमा अनियमितता गरेको आरोप लगाएको छ।

उक्त मुद्दामाथि विशेष अदालतले अब कानुनी प्रक्रिया अघि बढाउनेछ।

प्रतिक्रिया

ताजा समाचार