अर्थमन्त्रीमाथि छानबिन समिति बन्दैन : सरकार

काठमाडौं । सरकारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने आवश्यकता नरहेको स्पष्ट पारेको छ।

शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले अर्थमन्त्रीले बजेटमा करका दर हेरफेर गरेको भन्ने विषयमा आवश्यक स्पष्टीकरण दिइसकेकाले थप छानबिन समिति गठन गर्नुपर्ने अवस्था नरहेको बताएका हुन्।

अर्थमन्त्रीले बजेटमा करका दर परिवर्तन गरेको आरोप लगाउँदै विपक्षी दलहरूले संसदीय छानबिन समितिको माग गर्दै आएका छन्।

यस विषयमा प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले भने, “अर्थमन्त्रीले यस विषयमा प्रस्ट पारिसक्नुभएको छ। उठेका प्रश्नहरूको जवाफ सदनमा पनि दिइसक्नुभएको छ र सम्बन्धित समितिमा पनि दिइसक्नुभएको छ। यसभन्दा बाहिर थप कुनै समिति गठन गर्नुपर्ने आवश्यकता हामीले अहिले महसुस गरेका छैनौँ।”

सरकारले अर्थमन्त्रीले दिएका स्पष्टीकरण पर्याप्त रहेको निष्कर्ष निकालेको छ भने

प्रतिक्रिया

ताजा समाचार