
काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार विपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोट क्षेत्रमा दुर्घटनामा परेको हो।
दुर्घटनापछि स्थानीयवासी, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायका टोली उद्धार कार्यमा खटिएका छन्। घटनामा अन्य यात्रुहरू पनि घाइते भएको आशंका गरिएको भए पनि घाइतेहरूको यकिन संख्या सार्वजनिक भइसकेको छैन।
मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे समेत अनुसन्धान भइरहेको छ।
उद्धार तथा राहत कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित