
काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके अनिश्चितकालीन भोक हडतालमा बसेका छन्। यसबारे पार्टीले शनिबार बिहान आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत जानकारी दिएको हो।
पर्यावरण अभियन्ता सोनम वाङचुकलाई दिल्ली प्रहरीले धर्नास्थलबाट नियन्त्रणमा लिएर अस्पताल पुर्याएपछि सीजेपीले संस्थापक अभिजीत दीपके स्वयं अनिश्चितकालीन भोक हडतालमा बस्ने निर्णय गरेको जनाएको छ।
सीजेपीले एक्समा लेखेको छ, “अभिजीत दीपके अनिश्चितकालीन भोक हडतालमा बसेका छन्। २० जुलाईका लागि तय गरिएको ‘चलो संसद्’ मार्च भने पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सञ्चालन हुनेछ।”
अभिजीत दीपकेले पनि आफ्नो एक्स पोस्टमार्फत भोक हडतालमा बसेको पुष्टि गरेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित