प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग हुने उक्त भेटवार्तामा सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेसहितका पदाधिकारी सहभागी हुनुहुनेछ ।

त्यस अवसरमा तयारी पोसाक उद्योगको वर्तमान अवस्था, भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्द्धन, रोजगारी सृजना र उद्योग क्षेत्रको विकासका विषयमा केन्द्रित भई छलफल हुने प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शाहले पछिल्ला दिनमा उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै आउनुभएको छ । त्यस अवसरमा उहाँहरूले आफूहरूले भोगिरहेका समस्या, समाधानका उपाय तथा नीतिगत सुधारका विषयमा सुझाव प्रस्तुत गर्नुभएको छ ।

छलफलपछि प्रधानमन्त्री शाहले निजी क्षेत्रले उठाएका कतिपय विषयवस्तु र समस्या समाधानका लागि तत्काल पहल गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आउनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार