
काठमाडौं । कीर्तिपुरमा एक निजी गाडीमा आगलागी भएको छ।
आज बिहान बा५च ३०३८ नम्बरको निजी गाडीमा आगलागी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए।
प्रहरीका अनुसार घटनाको थप विवरण आउन बाँकी छ। आगलागीका बेला गाडीभित्र कोही व्यक्ति थिए वा थिएनन् भन्ने विषय खुल्न सकेको छैन। हाल प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा उद्धार कार्य गरिरहेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित