
काठमाडौं । कीर्तिपुरमा आगलागी भएको गाडीबाट एक जनाको शव फेला परेको छ।
कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा बा५च ३०३८ नम्बरको गाडीमा आगलागी भएको थियो। आगलागी नियन्त्रणमा लिएपछि गाडीभित्रबाट एक पुरुषको शव निकालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए।
प्रहरीका अनुसार आगलागी भएको गाडी नबिल बैंकको नाममा दर्ता रहेको खुलेको छ। मृतकको परिचय खुल्न बाँकी रहेको तथा आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित