
काठमाडौं। सरकारले एक रुपैयाँको नयाँ सिक्कामा नेपालको चुच्चे नक्सा र आकाश भैरवको चित्र समेटिएको नयाँ डिजाइन तयार गरेको छ।
अर्थ मन्त्रालयका अनुसार उक्त डिजाइनलाई आगामी मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गराई कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ।
राष्ट्रिय पहिचान झल्काउने प्रतीकहरू समावेश गरी नयाँ सिक्का जारी गर्ने सरकारको योजना रहेको मन्त्रालयले जनाएको छ। मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएपछि सिक्का छपाइ तथा प्रचलनमा ल्याउने प्रक्रिया अघि बढाइनेछ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित