सुनसरी घटनाः प्रशासनमा सर्वपक्षीय छलफल सुरु, गृहले गठन गर्‍यो छानबिन समिति

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय छलफल सुरु भएको छ।

दुई समुदायबीच भएको झडपपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रशासनले सर्वपक्षीय बैठक आयोजना गरेको हो।

छलफलमा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा धार्मिक अगुवाहरू सहभागी छन्।

देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो।

घटनामा ९ जना प्रदर्शनकारी र १३ जना प्रहरी घाइते भएका छन्।

यसैबीच, घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयका अनुसार सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा समिति गठन गरिएको हो।

समितिलाई घटनाको अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार