लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीद्वारा समिति गठन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न वार्ता समिति गठन गर्नुभएको छ।

बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गर्नुभएको हो। उहाँले समितिलाई आन्दोलनरत पीडितसँग आजै वार्ता सुरु गर्न निर्देशन दिनुभएको छ।

समितिका सदस्यमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल तथा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य–सचिवका रूपमा रहनुभएको छ।

वार्ता समितिको पहिलो बैठक बिहीबार नै अर्थ मन्त्रालयमा बस्नेछ। बैठकपछि आन्दोलनरत लघुवित्त पीडितसँग औपचारिक वार्ता सुरु गरिने जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार