
जनकपुरधाम । सिरहामा तनाव बढ्दै गएपछि नेपाली सेना परिचालन गरिएको छ। कर्फ्यू जारी रहे पनि प्रदर्शन नरोकिएपछि तथा प्रदर्शनकारी र सुरक्षा निकायबीच झडपको अवस्था सिर्जना भएपछि सेना ब्यारेकबाट परिचालन गरिएको हो।
लहान र गोलबजार क्षेत्रमा नेपाली सेना तैनाथ गरिएको छ। दिनभर प्रदर्शनकारी र सुरक्षा निकायबीच झडप भइरहँदा प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले चेतावनीस्वरूप हवाई फायरसमेत गरेको जनाएको छ।
सुनसरीको देवानगञ्जमा भएको घटनापछि मधेशका विभिन्न जिल्लामा सुरक्षा चुनौती बढेको छ। धार्मिक तथा साम्प्रदायिक तनाव फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था थप कडा बनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित