सुनसरी घटना : उपचारका क्रममा अर्को घाइतेको मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीको गोली लागेर घाइते भएका देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो।

यससँगै कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

यसअघि आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

उक्त घटनामा प्रहरीको गोली लागेर आठ जना प्रदर्शनकारी घाइते भएका छन् भने प्रहरीतर्फ पनि आठ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार