सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु, सेना परिचालन

जनकपुरधाम । सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

कर्फ्यू आदेश जारी रहेकै बेला दुई पक्षबीच भएको झडप उग्र बन्दै गएपछि गोलबजार क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गोली लागेर मृत्यु हुने व्यक्ति गणेश यादव रहेको पुष्टि भएको छ। सुरक्षा अवस्था नियन्त्रणमा लिन उक्त क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार