महाधिवेशन तयारीबारे छलफल गर्न राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक बुधबार अपराह्न १२ः३० बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आगामी महाधिवेशनको तयारी, पार्टीका सबै तहका अधिवेशन तथा अन्य समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

राप्रपाले आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार