को हुन् लगानी बोर्डको सिइओमा नियुक्त याङ्की उक्याव

काठमाडौँ । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा याङ्की उक्यावलाई नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सर्टलिस्टमा परेका आठ प्रतिस्पर्धीमध्येबाट उक्यावलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

उक्याव विकास अर्थशास्त्र र सार्वजनिक नीतिकी विज्ञ हुन्। उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा काम गरिसकेकी छन्। साथै, उनले बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीति (पब्लिक पोलिसी)मा स्नातकोत्तर (मास्टर्स) अध्ययन गरेकी छन्।

सिइओ नियुक्तिका लागि अन्तिम प्रतिस्पर्धामा याङ्की उक्यावसँगै सुमन सिंह बस्न्यात, जितेन्द्र धिताल, डा. मुकुन्दप्रसाद पौड्याल, डा. सरोज कोइराला, भक्तबहादुर शाही, मनोज पौडेल र मधुप्रसाद भेटुवाल रहेका थिए।

प्रतिक्रिया

ताजा समाचार