
काठमाडौं । सुनसरी घटनामा उपचारका क्रममा निधन भएका रवीन मेहताका परिवारले शव बुझ्न सहमत भएको भन्ने सरकारी दाबीप्रति असन्तुष्टि जनाएका छन्। परिवारका सदस्यहरूले त्यस्तो कुनै सहमति नभएको बताएका छन्।
मृतकका दाजु रोशन मेहताले सरकारका तर्फबाट सार्वजनिक गरिएको जानकारी असत्य रहेको दाबी गरे।
उनले भने, “गृहमन्त्री र सचिवालयले झूट कुरा गरिरहेका छन्। उहाँहरूले हामीसँग कुनै सहमति गर्नुभएको छैन। हाम्रो परिवार उता (कप्तानगञ्ज) बाट आइरहेको छ। सबै परिवारका सदस्य बसेर छलफल गरेपछि मात्र के गर्ने भन्ने निर्णय गर्छौं।”
यसअघि गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा शव बुझ्ने विषयमा सहमति भएको गृह मन्त्रालयको सचिवालयले जनाएको थियो।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते राति भएको घटनामा घाइते भएका २२ वर्षीय रवीन मेहताको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित