२५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार एक जना करदाताले जितेका छन्।

शिव कृष्ण जेनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका हुन्।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बम्पर उपहारको नतिजा सार्वजनिक गरेका थिए।

साउन १ देखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गर्ने तथा नगदमा खरिद गरी विभागको वेबसाइटमा भौतिक बिल अपलोड गर्ने उपभोक्तालाई लक्षित गरी उपहार कार्यक्रम सञ्चालन गरिएको थियो।

यस अवधिमा प्रत्येक दिनको कारोबारका आधारमा १५ जना उपभोक्तालाई करकट्टीपछि जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ। साथै, साउन १ देखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गर्ने सबै योग्य उपभोक्तामध्ये एक जनालाई १० लाख रुपैयाँको बम्पर उपहार प्रदान गरिएको हो।

विभागका अनुसार बम्पर पुरस्कार रकममा भने प्रचलित कानुनअनुसार कर लाग्नेछ।

प्रतिक्रिया

ताजा समाचार