
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्श नमर्ने गरी कांग्रेसलाई एकताबद्ध बनाउने बताएका छन्।
सर्वोच्च अदालतको पछिल्लो आदेशपछि कांग्रेसमा एकताका लागि संस्थापन पक्षमाथि दबाब बढिरहेका बेला थापाले पार्टीको आत्मा मारेर एकता गर्न नसकिने बताएका हुन्।
भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले विशेष महाधिवेशनबाट पारित पार्टीको विचार र आत्मालाई जोगाउँदै कांग्रेसलाई एकताबद्ध बनाउने बताए।
त्यसका लागि आजै पदाधिकारी बैठक बस्ने र भोलिदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकले आवश्यक निर्णय गर्ने उनले स्पष्ट पारे।
थापाले सबैलाई गौरव लाग्ने कांग्रेस निर्माण गर्ने दाबी गर्दै भने, “कसैले कांग्रेसको झोले होस् भन्दा छाती पिटेर म कांग्रेसको झोले हुँ भन्न सक्ने गर्विलो पार्टी बनाउँछौँ।”
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित