ग्यास अभावपछि उद्योगमन्त्री यादव अनुगमनमा

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि ग्यास उद्योगको अनुगमन गरेकी छन्।

बजारमा ग्यास अभाव देखिएपछि सरकारको आलोचना बढिरहेका बेला मन्त्री यादव अनुगमनमा निस्केकी हुन्।

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गरेकी छन्। त्यसपछि उनले टेकुस्थित नेपाल आयल निगमको पुरानो कार्यालयको समेत अनुगमन गरिरहेकी छन्।

उपभोक्ताले खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै व्यापक गुनासो गरेपछि मन्त्री यादव अनुगमनमा निस्किएको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार