क्रिस्टियानो रोनाल्डो क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजले गरे विवाहर जर्जिना रोड्रिग्वेजले गरे विवाह

काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्।

पिपल म्यागजिनका अनुसार उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा निजी नागरिक समारोहबीच विवाह गरेका हुन्। विवाहपछि दुवैले सामाजिक सञ्जालमा विवाहको औँठी लगाएको तस्वीर सार्वजनिक गरेका छन्।

रोनाल्डो र जर्जिना सन् २०१६ देखि सम्बन्धमा थिए। करिब एक दशक लामो सम्बन्धका क्रममा उनीहरूले पाँच सन्तानसहितको परिवार बनाएका छन्। सन् २०२२ मा भने उनीहरूले नवजात छोरालाई गुमाएका थिए।

जर्जिनाले सन् २०२५ अगस्टमा रोनाल्डोसँग इन्गेजमेन्ट भएको घोषणा गरेकी थिइन्। त्यसबेला उनले ठूलो हिराको औँठीको तस्वीर सार्वजनिक गरेकी थिइन्।

रोनाल्डोले यसअघि विश्वकपपछि विवाह गर्ने संकेत दिएका थिए। ४१ वर्षीय रोनाल्डो पाँच पटकका बालोन डी’ओर विजेता हुन् भने जर्जिना मोडल तथा सामाजिक सञ्जाल प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन्।

जर्जिनालाई ठूलो समारोह मन नपर्ने भएकाले विवाह निजी रूपमा गरिएको रोनाल्डोले बताएका थिए। उनका अनुसार विवाह जीवनमा ठूलो परिवर्तन नभई उनीहरूको सम्बन्धको ‘सुन्दर नयाँ अध्याय’ मात्र हो।

प्रतिक्रिया

ताजा समाचार