शशांकले भेटे पूर्णबहादुर खड्का, राष्ट्रिय भेलामा आउन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट गरेका छन्।

कोइराला आज खड्का निवास गल्फुटार पुगेर उनीसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा कोइरालाले खड्कालाई आगामी राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेको कोइराला सचिवालयले जनाएको छ। उक्त आग्रहप्रति खड्काले सकारात्मक धारणा व्यक्त गरेको सचिवालयको भनाइ छ।

भेटमा देउवा समूहका नेता एनपी साउदसमेत सहभागी थिए।

पूर्वसभापति शेरबहादुर देउवा समूहले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। भेलाको संयोजकका रूपमा शशांक कोइरालालाई अघि सारिएपछि खड्का भने पछिल्लो समय पार्टी गतिविधिमा सक्रिय देखिएका छैनन्।

यसअघि पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले निस्सा दिएपछि खड्काले ‘पार्टी एकताको ढोका खुलेको’ टिप्पणी गरेका थिए।

आगामी राष्ट्रिय भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले समेत सम्बोधन गर्ने तयारी रहेको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार