बोडेको होल्डिङ सेन्टरमा ६० वर्षीय सुकुम्बासी झुण्डिएको अवस्थामा मृत फेला

भक्तपुर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा एक सुकुम्बासी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएका ६० वर्षीय हिरालाल पासवान आज बिहान कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन्।

होल्डिङ सेन्टरमा रहेका अन्य सुकुम्बासीका अनुसार पासवान हिजो दिउँसोदेखि कोठाभित्रै बसेका थिए। आज बिहान उनी झुण्डिएको अवस्थामा फेला परेपछि घटनाबारे प्रहरीलाई खबर गरिएको थियो।

घटनापछि प्रहरी होल्डिङ सेन्टरमा पुगेर आवश्यक अनुसन्धान थालेको छ। आत्महत्याको कारण भने खुल्न सकेको छैन।

सरकारले टहरा भत्काएपछि विस्थापित भएर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीमध्ये यसअघि पनि एक जनाले आत्महत्या गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार