रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना बेपत्ता

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा गएराति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। पहिरोमा परी पाँच जना बेपत्ता भएका छन्। उनीहरूको खोजीकार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

पहिरोमा परी स्थानीय २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगर घाइते भएका छन्। दुवैलाई थबाङ स्वास्थ्य चौकीबाट थप उपचारका लागि बुटवल पठाइएको छ।

मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुनमगर, ६५ वर्षीय कमलबहादुर पुनमगर, ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर र ७१ वर्षीया मनरखी पुनमगर रहेका छन्।

मृतकमध्ये एक महिला र दुई पुरुषको शव प्युठानको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिका क्षेत्रमा पर्ने माडी खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमा ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनि पुनमगर र ६७ वर्षीया हस्तकला पुनमगर रहेका छन्।

बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। लगातार वर्षा भइरहेका कारण लेदोसहितको पहिरो आउने क्रम नरोकिँदा खोज तथा उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार