सुदूरपश्चिममा नयाँ सत्ता समीकरण, एमालेका तीन मन्त्री थपिँदै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा आज मुख्यमन्त्रीसहित नेकपा एमालेका तीन मन्त्रीले शपथ लिने भएका छन् ।

एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

एमाले संसदीय दलले प्रमुख सचेतक चक्र मल्ललाई आर्थिक मामिला मन्त्रालय र उपनेता सन्तोष शर्मा थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गरेको छ ।

त्यस्तै, दमन भण्डारीलाई नेकपासँगको छलफलपछि उद्योग, पर्यटन, वन तथा वातावरण वा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमध्ये एकको जिम्मेवारी दिने गरी सिफारिस गरिएको छ ।

राज्यमन्त्रीमा भने जानकी ऐरलाई सिफारिस गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

ताजा समाचार